back
NMB ad

अमेरिकामा ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने किन भयो निर्णय ? कस्तो हो त्यो लामखुट्टे ?

Kumari bank ad

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा आनुवांशिक रूपमा परिवर्तन गरिएका ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने निर्णय गरिएको छ। डेंगु, जिका भाइरसजस्ता संक्रमण फैलाउने लामखुट्टेको संख्या घटोउने भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्थानीय अधिकारीले बताएका छन्।

यो निर्णय गर्नुअघि व्यापक छलफल गरेर गरिएको उनीहरूको भनाइ छ। तर वातावरणविद्हरूले भने यसले वातावरणमा क्षति पु¥याउने चेतावनी दिएका छन्। यसबाट अर्काे प्रतिरोधी लामखुट्टे पैदा हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन्। तर यस योजनामा सहभागी कम्पनीले सरकारी शोधकर्तालाई उधृत गर्दै यसबाट मानिस र वातावरणलाई कुनै असर नपार्ने दाबी गरेको छ।

यो योजना सन् २०२१ मा फ्लोरिडा किज (टापुको रेखा) मा लागू गर्ने योजना छ। स्थानीय नियामक निकायले अनुमति दिएको धेरै महिनापछि योजना लागू गरिनेछ।

त्यो लामखुट्टे ?

यूकेस्थित ओक्सिटेक कम्पनीको अमेरिकी वातावरण एजेन्सीले आनुवांशिक रूपमा परिवर्तन गरिएको एडिज इजेप्टाई नामको पुरुष लामखुट्टे विकास गरेको छ। जसलाई ओएक्स५०३४ का नामले पनि चिनिन्छ।

एडिज इजेप्टाई लामखुट्टेले मानिसमा डेंगु, जिका, चिकनगुनिया र ज्वरोजस्ता घातक रोग फैलाउँछ। तर यस जातका पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनकि उनीहरूलाई अन्डा पार्न मानिसको रगत आवश्यक पर्छ।

तसर्थ उक्त योजनाको उद्देश्य भाले लामखुट्टे फैलाउनु हो, जसले जंगली पोथी लामखुट्टेसँग संसर्ग गरी नयाँ नश्ल पैदा गर्नेछन्। यी भाले लामखुट्टेमा एक प्रकारको प्रोटिन हुन्छ जसले पोथी लामखुट्टेलाई मानिसलाई टोक्न सक्ने हुनुभन्दा अघि नै मारिदिन्छ। -बीबीसी

वि.सं.२०७७ भदौ ७ आइतवार ०९:३६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...