back
NMB ad

ट्रम्पलाई आफ्नै दिदीले फेरि लगाइन यस्तो आरोप !

Kumari bank ad

एजेन्सी । अमेरिकी चुनाव नजिकिँदै रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै दिदीबाट गम्भीर आरोप लागेको छ । ट्रम्पकी दिदी तथा पूर्व संघीय न्यायधिश मेरियाने ट्रम्प केरीले गोप्य रुपमा रिकर्ड गरिएको एक अडियोमा उनका भाइको कुनै सिद्धान्त नभएको बताएकी छन् ।

डोनाल्ड ट्रम्पमाथि विश्वास गर्न नसकिने र उनले आफ्नो पुरै राष्ट्रपति कार्यकालका क्रममा झुठो बोलेको छ । योअडियो टेप बाहिर आएपछि चुनावी मौहालको अमेरिकाको राजनिति हलचल उत्पन्न गरेको छ ।

धोखाघडी गरेकोमा ट्रम्पको मेरियानेले कडा आलोचना गरेकी छन र प्रवासीलाई लिएर उनको निति निर्दयतापुर्ण रहेको बताएकी छन् । यसमा हजारौं बच्चा आफनो परिवारबाट अलग भएको र उनीहरुलाई हिरासत केन्द्रमा राखिएको थियो । उनले भने – डोनाल्ड ट्रम्प निर्दयी हुन् ।

ट्रम्पकी दिदीको यो गोप्य अडियो वासिंगटन पोस्ट अखबारले जारी गरेको हो । आफ्नो भाइको बौद्धिकतामाथि पनि प्रश्न उनले उठाएकी छन् ।

मेरियानेले अलग बसेकी आफ्नी भतिजी मेरी ट्रम्प मार्फत सन् २०१८ को यो सनसनी फैलाउने तथ्यको खुलासा गरेको हो, जसलाई उनले गोप्य तरिकाबाट रिकर्ड गरेकी थिइन् । त्यसपछि मेरीले ट्रम्प परिवारबाट आफ्नो मार्ग अलग गरेकी थिइन् ।

नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति चुनावभन्दा अघि ट्रम्पकी दिदीको यस बयानले राजनितिक स्थिति तातेको छ । यसले ह्वाइट हाउसमा ट्रम्पको क्षमतालाई लिएर स्वयं उनका परिवार भित्रै विश्वास नभएको संदेश उत्पन्न भएको छ ।

यसअघि सम्म ट्रम्पका परिवारका कुनै पनि सदस्यले सार्वजनिक रुपमा राष्ट्रपति या उनको नितिलाई लिएर आलोचना गरेका थिएनन् । यो टेप यसतो समयमा जारी गरिएको छ, जसको एक दिन अघि मात्र डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्ना दिवंगत भाइको अन्तिम संस्कार कार्यक्रम आयोजना गरेका थिए । यस कार्यक्रममा मेरियानेकोे उपस्थित थिएन । यसले पनि दुईबीचको सम्बन्धमा धेरै आशंका उत्पन्न भएको छ ।

करिब १५ घन्टाको यस वार्तालाप सन् २०१८ देखि २०१९को बीचमा रिकर्ड गरिएको थियो । यसमा मेरियानेले डोनाल्ड ट्रम्प कुनै सिद्धान्त नभएको ब्यक्ती भएको आरोप लगाएकी छन् । उनले आफ्नो आधार बलियो पार्न मात्र राजनितिक कदम उठाइरहेको उनले बताएकी छन् ।

वि.सं.२०७७ भदौ ८ सोमवार १२:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...