back
NMB ad

अपडेट : १४.५८ अंकले बढेको नेप्से, यी दुई कम्पनीको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा १४ दशमलव ५८ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा १ दशमलव शून्य ३ प्रतिशत बढेर १ हजार ४२४ दशमलव ९२ विन्दुमा पुगेको छ ।

दोस्रो घण्टाको अवधिमा १७७ ओटा कम्पनीको १४ हजार ८८० पटकको कारोबारमा २४ लाख ३२ हजार ९१६ कित्ता शेयरको रू. १ अर्ब १५ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल्स समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६१६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ७४४ मा रू. ७ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १३:०७ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...