सबै सरकारी कार्यालय भदौ १५ गतेसम्म बन्द गर्ने

जाजरकोट । स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।

सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि १५ गते १२ बजेसम्मका लागि निशेषाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए ।

अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालयको कामकाज समेत बन्द गरिएको छ । केही दिनअघि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पश्चिम रुकुमको चौरजहारीस्थित मिसन अस्पताल (कोरोना अस्पताल) पठाइएका २० मध्ये १९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

२०७७ भदौ ८ गते १५:२२ मा प्रकाशित

You can share this post!

शेयर बजार २१ अंकले बढयो, अर्बभन्दा बढीको कारोबार

शेयर बजार २१ अंकले बढयो, अर्बभन्दा बढीको कारोबार

Related posts