back
NMB ad

रुसले फेरि बनायो कोरोनाविरुद्ध अर्को खोप

Kumari bank ad

मस्को (एजेन्सी) । रुसले अर्को कोरोना भाइरसबिरुद्ध खोप विकसित गर्न सफलता प्राप्त गरेको छ । यो एपीभ्याककोरोना खोपमा पहिलाको जस्तो कुनै साइड इफेक्ट नहुने बताइएको छ ।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुटनिक भी नामको कोरोना भाइरस खोप बनाउनु घोषणा गरेको थियो । यद्यपी यस खोपको कयौं साइड इफेक्टलाई लिएर रुसको कडा आलोचना भएको थियो ।

रुसले यो नयाँ खोपको नाम एपीभ्याककोरोना दिएको छ । यस खोपलाई पनि विज्ञहरुबाट आसंका उठाउन सकिने बताइएको छ । यसअघि विश्वस्वास्थ्य संगठनले कुनै पनि कोरोना खोप सन् २०२१ अघि आउन नसक्ने बताएको थियो । रुसले एपीभ्याककोरोना खोपको निर्माण साइबेरियामा सोभियत संघ कालिन एक पुर्व अति गोप्य जैविक हतियार केन्द्रमा गरिरहेको छ ।

रुसको यो नयाँ कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरमा पुरा भएको वैज्ञानिकहरुले बताएका छन् । जसमा ५७ जनामा यो खोप दिइएको थियो र उनीहरुमा कुनै साइड इफेक्ट देखिएको थिएन ।

सबै स्वयंसेवकहरुले राम्रो महसुस गरिरहेको उनीहरुले बताए । उनीहरुलाई २३ दिन सम्म अस्पतालमा राखिएको थियो ता कि उनीहरुको परीक्षण गर्न सकुन् ।

समाचार एजेन्सी इन्टरफ्याक्सले भनेको छ – सबै स्वयंसेवकहरुले राम्रो महसुस गरिरहेको छ । कुनै प्रकारको दुष्प्रभाव अहिलेसम्म पाइएको छैन ।स्वयंसेवकहरुलाई १४ देखि २१ दिन भित्र दुई पटक नयाँ खोपको डोज दिइएको थियो । यो खापको दर्ता अक्टोबरमा गर्न सकिने र नोभेम्बरमा उत्पादन शुरु हुने रुसले अपेक्षा गरेको छ ।यो खोपलाई वेक्टर स्टेट रिसर्च सेन्ट अफ वायरोलोजी एन्ड बायोटेक्नोलोजीले तयार गरेको हो ।

यो प्रयोगशाला विश्वको ती दुई स्थान मध्यमा पर्छ जहाँ चमरोको भाइरस राख्न अनुमति छ । अर्को स्थान भनेको अमेरिका हो ।रुसको कोरोना खोप विमसित गरेको दावीलाई लिएर शुरु देखि नै विवाद उठिसकेको छ । अमेरिका, जर्मनी जस्ता राष्ट्रले मस्को खोप स्पुतनिक भीमाथि आशंका ब्यक्त गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पनि रुससँग खोपको आवश्यक डाटा तथा प्रमाण माग गरेको थियो । विशेषज्ञका अनुसार जबसम्म तेस्रो चरणको डाटामा काम हुँदैन खोप सुरक्षित मान्न सकिँदैन । यसबीच रुसले २० देशबाट ठुलो परिमाणमा अर्डर प्राप्त भइसकेको जनाएको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार ०८:३० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...