संयुक्त बैठकपछि फेरि प्रशासनले जारी गर्यो यस्तो सूचना

काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासनले कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन भदौ ३ गतेदेखि लगाएको निषेधाज्ञा फेरि लम्ब्याएको छ ।

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले निषेधाज्ञामा एक साता लम्ब्याएको हो ।उपत्यकाका ३ वटै जिल्ला प्रशासनले निषेधाज्ञा बुधबार राति १२ बजे भदौ १७ गते राति १२ बजेसम्म कायम हुने जनाएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा सर्वसाधरणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन तथा हिड्डुल नगर्न आव्हान समेत गरेको छ । खाद्यन्न, तरकारी, दुध र औषधि लगायतका अत्यावश्यक सेवाका पसल भने निश्चित समयमा खोल्न पाइनेछ । अन्य पसल भने बन्द हुनेछ ।

जिल्ला प्रशासनले निषेधाज्ञा उल्लघंन गर्नेलाई कारबाही हुने जनाएको छ । निषेधाज्ञा अवधिमा के गर्न पाइन्छ ? के गर्न पाइन्न ? भन्नेबारे जानकारी दिन जिल्ला प्रशासनले २० बुँदे सूचना समेत जारी गरेको छ ।

 

२०७७ भदौ १० गते १३:१३ मा प्रकाशित

You can share this post!

भदौ १६ देखि कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने !

भदौ १६ देखि कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने !

Related posts