back
NMB ad

जापानमा तातो हावा चल्दा २५ को मृत्यु, १२ हजारभन्दा बढी बिरामी

Kumari bank ad

टोकियो । जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको ।

त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन् । जापानको विपद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो । उक्त केन्द्रका अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन् ।

यस तातो हावाबाट यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ ।

यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ ।

उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यका साथ रहेका बताइएको ।

प्राप्त समाचारमा जनाइएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ । यो तापक्रम जापानका लागि निकै बढी हो । गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १२६ जना नागरिकको ज्यान गएको थियो ।

त्यस तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए यो समाचार आजको वीनेपालीले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार ०८:०३ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...