निक्षेप तथा कर्जा सुरक्षण कोषले यी दुई वित्तिय संस्थाको शेयर लिलामीमा विक्री गर्ने

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वामित्वमा रहेको आरएसडिसी लघुवित्त र ग्रामिण विकास लघुवित्तको संस्थापक सूमहको शेयर भदौ ११ गतेदेखि लिलामीमा विक्री खुला भएको छ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २ हजार ६३२ कित्ता र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ३ हजार १९४ कित्ता शेयर कोषले लिलामीमा विक्री खुला गरेको हो ।

आवेदकले लिलामी शेयरमा असोज १४ गतेसम्म निक्षेप तथा कर्जा सुरक्षण कोष गहनापोखरी, काठमाडौंमा आउने गरी आवेदन गर्न सक्नेछन् ।आरएमडिसीको शेयरमा न्यूनतम प्रतिकित्ता रू. ३ ९८ दशमलव ७५ र ग्रामीण विकास लघुवित्तको रू. १०९ दशमलव ७० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

शेयर खरीदको लागि आवेदन गर्दा सम्पूर्ण कित्तासम्मको लागि आवेदन दिन सक्ने कोषले बताएको छ ।

२०७७ भदौ ११ गते १०:५० मा प्रकाशित

You can share this post!

सबै कारोबार एक साताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय

सबै कारोबार एक साताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय

Related posts