back
NMB ad

यो हो १ लाख ९८ हजारको हिरोको सुपर स्प्लेन्डर, परिस्कृत सुरक्षा विशेषतासहित आयो बजारमा

Kumari bank ad

काठमाडौं । हिरो मोटोकर्पको सुपर स्प्लेन्डर बजारमा ल्याइएको छ । परिस्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

सुपर स्प्लेन्डर अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको जनाइएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता भनेको पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्‍ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ । यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउने कम्पनीको दाबी छ ।

सुपर स्प्लेन्डर (आईबीएस) सहित देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शो(रूममा १ लाख ९८ हजार रुपैयाँमा उपलब्ध हुने हिरो मोटोकर्पले जनाएको छ ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो । यो बजार प्रवेशसँगै हिरो मोटोकर्पले आफ्ना ग्राहकलाई प्रिमियम, उच्च(गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने जनाइएको छ ।

यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर(स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी इन्जिनको साथ आउँछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी) को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ ।

सुपर स्प्लेन्डर ९० किमिप्रति घण्टाको अधिकतम गतिसम्म उड्छ । यो बाइक पाँच प्रिमियम मेटालिक रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...