back
NMB ad

लोकसेवाको परीक्षामा अक्सर गरिने गल्ती के–के हुन् ? यस्ता छन् सतप्रतिशत सफल हुने ५ तरिका

Kumari bank ad

काठमाडौ । लोकसेवा आयोगको परीक्षामा सफलता प्राप्त गरेर सरकारी सेवामा प्रवेश गर्ने सबैको सबैको इच्छा हुन्छ । तर केही जानेरपनि सफल हुन सकिरहेका हुन्नन् । सहसचिव भूपाल बरालले दिएको पाँच सुझाव,जुन सुझावले तपाईहरुलाई सफलता दिलाउनेछ ।

परीक्षा हलमा छिरेपछि परीक्षार्थीले के–के कुरामा ध्यान दिनुपर्छ ?

धेरैलाई थाहा हुन्न । यही कारण असफलता भोगिरहेका हुन्छन् । परीक्षा हलमा छिरेपछि परीक्षार्थीले लेख्ने कलम, कापी, प्रवेशपत्र लगायत आफूलाई चाहिने सामाग्री छन् वा छैन सो कुरालाई ख्याल गर्नुपर्छ ।

समय व्यवस्थापनमा धेरै ख्याल गर्नुपर्छ । उदाहरणका लागि आफू तीन घन्टाको परीक्षा दिन जाँदैछु र ३ घन्टामा ६ वटा प्रश्नको उत्तर लेख्नुपर्छ र ती ६ प्रश्नलाई नम्बरको आधारमा कति–कति समय व्यवस्थापन गर्छु भनेर छुट्याउन नसक्दा असफलता भोग्नु परेको छ । प्रश्नको उत्तर लेख्दा आफूलाई आउने प्रश्नको उत्तर सुरुमा लेख्नुपर्छ । कुनै प्रश्नको उत्तर आउँदैन भनेर आत्तिनुहुँदैन ।

त्यसैले आफूलाई सहज र सरल लाग्ने प्रश्नको उत्तर सुरुमा लेख्नुपर्छ । आउने प्रश्नको उत्तर लेखिसकेपछि मात्र अप्ठ्यारो प्रश्नको उत्तर लेख्न समय व्यवस्थापन गर्नुपर्छ ।

सुरुमा केही प्रश्नको उत्तर लेखेपछि परीक्षार्थीमा हौसला, उत्साह तथा आत्मबल पनि बढ्छ र नआएको प्रश्नबारे सोचेर लेख्न केही मद्दतसमेत पुग्छ । परीक्षा हलमा गएलगत्तै नर्भस हुनुहुँदैन र उत्तर लेख्दा भावनात्मक कुरामा बहेर पनि लेख्नुहुँदैन ।

उत्तर लेख्दा तथ्य र तथ्यांकलाई समाएर मात्र लेख्नुपर्छ । अन्त्यमा कापीमा आफूले लेखेका कुरालाई एकपटक चेक गर्नुपर्छ र सिम्बोल नम्बर पनि सही छ वा छैन भनेर हेर्नुपर्छ ।

बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले कुन–कुन कुरामा ध्यान पु¥याउनुपर्ला ?

बढी अंक प्राप्त गर्न मुख्यतया उत्तरको ढाँचा मिलाएर लेख्नुपर्छ । जसका लागि मुख्य कुरा, पृष्ठभूमि, प्रसंग र निष्कर्ष लेख्दा ध्यान पु¥याउनुपर्छ । उत्तर लेख्दा कसरी लेख्ने भनेर ढाँचा तय गर्नुपर्छ । प्रश्नबारे सुरुमा सामान्यतया प्रसंग स्पष्ट गर्नुपर्छ । त्यसपछि ठोस तथ्य तथ्यांकहरू पेस गर्नुपर्छ । अन्तिममा निष्कर्षलाई समेट्नुपर्छ ।

कुनै पनि कुराको उत्तर लेख्दा त्यसलाई डाटा, तथ्यांक र तथ्यले ब्याकअप गर्नुपर्छ । त्यसैगरी, फोकस गुर्नपर्ने महत्वपूर्ण विषयहरूलाई भने बढी नै हाइलाइट गर्नुपर्छ । परीक्षार्थीले उत्तर लेख्दा प्रश्नले मागेको कुरालाई बढी फोकस गरेर लेख्नुपर्छ, यस्तो गरेमा परीक्षार्थीले कुन कुरालाई फोकस गरेको छ भन्नेबारे जाँचकीले थाहा पाउँछन् । त्यसैले प्रश्नको उत्तर लेख्दा बहेर लेख्नुभन्दा पनि प्रश्नले मागेको कुरा लेख्नुपर्छ ।

परीक्षार्थीले लोकसेवाको परीक्षामा गर्ने अक्सर गल्ती के–के हुन् ?

लोकसेवा आयोगको परीक्षामा परीक्षार्थीले सर्वप्रथम समयको ख्याल नगरेको पाइन्छ । त्यसैगरी परीक्षार्थीले परीक्षामा कुन प्रश्नलाई कति समय दिने, कति समयमा रिभ्यु गर्ने भन्ने कुरालाई ख्याल नगरेको पाइन्छ ।

प्रश्नले कति कुरा मागेको छ भन्ने कुरा एकपटक प्रश्न पढ्दैमा बुझ्न गाह्रो हुन्छ । त्यसैले प्रश्नलाई जति धेरैपटक पढ्यो त्यति नै उत्तर लेख्न सजिलो हुन्छ । त्यसैले प्रश्न सजिलोसँग बुझ्नका लागि पटक–पटक पढ्नुपर्छ । प्रश्न राम्रोसँग बुझेपछि मात्र उत्तर लेख्न सुरु गर्नुपर्छ ।

उत्तर लेख्दा धेरैतिर बहनेभन्दा पनि केन्द्रित भएर प्रश्नले मागेको कुरा लेख्न सक्नुपर्छ । उत्तर लेखिसकेपछि रिभ्यु गर्न समय राख्नुपर्छ तर परीक्षार्थीले यस्तो नगरेको पाइन्छ । सामान्यतया परीक्षालाई सहज रूपमा लिनुपर्छ तर परीक्षार्थीहरू परीक्षा हलमा छिरेपछि आत्तिने, नर्भस हुुने र हडबडाउने गर्छन् ।

यसो गर्नाले परीक्षार्थीले आउने उत्तर पनि लेख्न छुटाइरहेका हुन्छन् । लेख्दा ख्याल गर्दैनन् र परीक्षा हलबाट बाहिरिएलगत्तै मैले उत्तर लेख्दा छुटाएछु भन्ने गर्छन् । यस्तो गर्नु भनेको सामान्यता नर्भस हुनु हो । त्यसैगरी, परीक्षार्थीले तर्क प्रस्तुत गर्नुहोस् भन्ने प्रश्नमा उत्तर त लेखेका हुन्छन् तर तर्कलाई तथ्यले ब्याकअप गरेका हुँदैनन् ।

परीक्षार्थीबाट जाँचकीले कस्तो प्रश्नको अपेक्षा गर्छन् ?

जाँचकीले सर्वप्रथम परीक्षार्थीले प्रश्न बुझेर उत्तर लेखेको छ वा छैन सो कुरालाई हेर्छन् । प्रश्नले मागेको कुराउत्तर लेख्दा उल्लेख भएरनभएको र सिलसिलेबार मिलेरनमिलेको पनि जाँचकीले विशेष ख्याल गर्छन् । प्रश्नको उत्तर लेख्दा जुन पायो त्यही कुरा जहाँ पायो त्यहीँ लेखेको जाँचकीले राम्रो मान्दैनन् ।

त्यसैगरी, उत्तर लेख्दा परीक्षार्थीले निष्कर्ष के लेखेको छ त्यो कुरा पनि जाँचकीले ख्याल गरेका हुन्छन् । धेरै लेखे पनि निष्कर्ष के निकाल्यो त भन्ने कुरा पनि ख्याल हेर्छन् ।

अर्को कुरा तथ्यलाई पुष्टि गर्न कस्तो किसिमको तथ्य, तथ्यांक र प्रश्नलाई पुष्टि गर्ने कुरा राखेरनराखेको कुरालाई जाँच गर्छन् । अर्को कुरा भाषाशैली पनि ख्याल गरेको छ वा छैन र अक्षर पनि सामान्य तथा ख्याल गर्छन् ।

अनावश्यक कुरा लेखेमा पनि जाँचकीले राम्रो मान्दैनन् । जस्तै १० नम्बरको प्रश्नमा अनावश्यक पाँच पेज लेख्यो भने त्यसलाई जाँचकीले राम्रो मान्दैनन् । त्यसैले उत्तर लेख्दा प्रश्नले मागेको मात्र उत्तर लेख्नुपर्छ ।

अन्तिम समयमा लोकसेवाको तयारी कसरी गर्नु उपयुक्त हुन्छ ?

अन्तिम समयमा लोकसेवाको तयारी गर्दा केही नमुना प्रश्नपत्रहरू विज्ञलाई बनाउन लगाएर ती नमुना प्रश्नपत्रहरूको कति समयभित्र लेख्न सक्छु भनेर प्रयास गर्नुपर्छ । जस्तैः आज परीक्षा छ भने तीन घन्टामा सबै प्रश्नलाई यति समय दिन सक्छु भनेर परीक्षार्थीले समयलाई व्यवस्थापन गर्न सक्नुपर्छ । अर्को कुरा सिलेबसमा केन्द्रित भएर सरसर्ती एकपटक सबै प्रश्नलाई पढ्नुपर्छ । त्यसैगरी, मुख्य–मुख्य कुराहरूलाई थप समय दिनुपर्छ । भोलि परीक्षा छ भन्दैमा आत्तिनुहुँदैन बरु पढेका कुराहरूलाई सम्झेको छ वा छैन भनेर पुनः जाँच गर्नुपर्छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १४:३४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...