back
NMB ad

विद्यालय पुनः खोल्ने तयारी

Kumari bank ad

सिन्ह्वा । क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पु¥याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गरेका छन् ।

उक्त रकम आवश्यकता अनुसार प्रान्त र क्षेत्रिय सरकारलाई विद्यालयलाई सुरक्षितरूपमा पुनः सञ्चालनमा ल्याउनका लागि उपलब्ध गराउने क्यानडाको प्रधानमन्त्रीको कार्यालयले बिहीबार जानकारी गराएको छ ।

महामारीका कारण बन्द अवस्थामा रहेका विद्यालयहरू खोल्न दुई हप्ता भन्दा कम समय बाँकी रहेका वेला प्रधानमन्त्री ट्रुडोले उक्त कोषको घोषणा गरेका हुन् ।

क्यानडाका कतिपय प्रान्त तथा स्थानीय निकायले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको विवरणहरू सार्वजनिक गरिरहेका समये विद्यालय पुनः सञ्चालनको लागि स्वास्थ्य सुरक्षा सहयोग कोष स्थापना भएको हो ।

एक महिना पहिले नै अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणालीका लागि भन्दै प्रान्त र क्षेत्रहरूलाई १९ अर्ब क्यानाडेली डलर सहयोग घोषणाको व्यवस्था गर्ने आश्वासन दिएका थए ।

पछिल्लो कोष प्रान्त र क्षेत्रहरूलाई स्थानीय विद्यालयमा जाँदा विद्यार्थी र कर्मचारीहरूलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूको व्यवस्था गर्न गरिएको हो । जस अन्तर्गत विद्यालयहरूमा सिकाइका लागि अतिरिक्त स्थान, स्वच्छ हावा, हात सफा गर्ने साबुन तथा सफाईका अन्य सामान र व्यक्तिगत सुरक्षाका सामानहरू मास्क, स्यानिटाइजरलगायतको व्यवस्था गरिनेछ ।

बालबालिकालाई सुरक्षित रूपमा विद्यालय फर्काउनु अर्थव्यवस्थालाई पुनः सुरु गर्न महत्वपूर्ण छ । यसले अभिभावकलाई आफ्ना बच्चाहरूको स्वास्थ्यको बारेमा कुनै चिन्ता नगरी विद्यालय फर्किन सघाउने विश्वास मैले लिएको छु,” प्रधानमन्त्री ट्रुडोले भने ।

“हाम्रा बच्चाहरू कक्षाकोठामा सुरक्षित हुनुपर्दछ । यो वेवास्ताा गर्न नहुने विषय हो,” उनले भने ।ट्रूडो सरकारले आदिवासी समुदाय रहेका विद्यालयहरूमा ११ करोड क्यानडेली डलर लगानी गर्ने यस पहिले नै घोषणा गरेका छन् । क्यानडामा गत मार्चको मध्यदेखि विद्यालय र व्यवसाय बन्द भएपछि विद्यार्थीहरूले घरबाटै अनलाइन कक्षाहरू लिँदै आएका छन् ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...