back
NMB ad

कोरोना महामारीसँगै बर्डफ्लुको त्रास

Kumari bank ad

सिड्नी । कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणमा सफलता पाइरहेको अस्ट्रेलियाको कृषि क्षेत्रमा बर्डफ्लुको संक्रमण देखापरेको छ । भिक्टोरिया राज्यका आधा दर्जन कुखुरा फार्ममा बर्डफ्लुको प्रकोप देखिएपछि संक्रमित हजारौं कुखुरा तथा इमु मारिने समाचारमा जनाइएको छ ।

भिक्टोरिया राज्यको उत्तर–पश्चिम क्षेत्र जिलोङको एक कुखुरा फार्ममा गत जुलाईको अन्त्यमा बर्डफ्लु देखिएको थियो । अहिलेसम्म बर्डफ्लु विभिन्न ६ वटा ठूला कुखुरा फार्ममा फैलिएको र त्यसका कारण कुखुरा, टर्की तथा इमुलगायत पन्छी संक्रमित भएको समाचारमा जनाइएको छ ।

अहिले देखिएको बर्डफ्लुको प्रकोपका कारण करिब २ करोड ३० लाख डलरबराबरको घाटा हुने अनुमान गरिएको छ । संक्रमण देखिएका फार्ममा रहेका हजारौं कुखुरा तथा इमुलगायत पन्छीलाई मारिनुपर्ने समाचारमा जनाइएको छ । यसैका कारण केही दिन पहिल्यै नै हजारौं इमु तथा कुखुरा मारिसकिएको छ ।

विभिन्न तीन प्रकारका बर्डफ्लुका संक्रमण देखिएको भए पनि यसले सर्वसाधारण मानिसमा भने खासै खतरा नरहेको विज्ञहरूले जनाएका छन् । भिक्टोरियास्थित कृषि विभागले प्रभावित क्षेत्रलाई अनुगमन गरिरहेको र आवश्यकताअनुसार काम गरिरहेको जनाएको छ ।

विभागका मुख्य भेटेरिनरी अफिसर डा. ग्राहम कुकले समाचार संस्था एबीसीलाई प्रकोप रोकथामका लागि काम गरिरहेको बताएका छन् । यसको संक्रमण नियन्त्रणका लागि बिरामी पन्छीबारे जानकारी दिन सरकारी अधिकारीले व्यवसायीलाई आग्रह गरेका छन् । डा. कुकले बिरामी देखिएका केही पन्छीलाई मार्नुपर्ने बताएका छन् ।

भिक्टोरियामा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि अहिले पनि आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । तर केही सातादेखि देखिएको बर्डफ्लुको प्रकोप भने दुर्गम क्षेत्रमा रहेका कुखुरा फार्ममा मात्र देखापरेको हो ।

बर्डफ्लुले अस्ट्रेलियास्थित स्टक एक्सचेन्जमा रहेको कम्पनीलाई समेत असर परेको छ । उक्त कम्पनीले यसअघि नै ३ लाख बढी कुखुरालाई यसैका कारण नष्ट गरिसकेको छ भने थप ४० हजार नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । बर्डफ्लुको संक्रमण देखिएलगत्तै नियन्त्रणका लागि अधिकतम प्रयास र कडा निगरानी गरिए पनि प्रकोप नियन्त्रणमा आउन नसकेको समेत बताइएको छ ।

अस्ट्रेलियामा मात्र पाइने पन्छी इमु अस्ट्रिचपछिको विश्वको दोस्रो अग्लो पन्छी हो भने अस्ट्रेलियाको राष्ट्रिय चरासमेत हो । यस देशका प्रायः सबै राज्यमा पाइने यो चरा सामान्यतः मानिसलाई हानि नगर्ने पन्छी मानिन्छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार ०७:२७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...