back
NMB ad

स्थगित परीक्षाहरु सञ्चालन बारे त्रिविको आयो यस्तो निर्देशन !

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण महामारीका कारण गत चैतमा स्थगित परीक्षाहरु सञ्चालन गर्ने विकल्पबारे छलफल गर्न सम्बन्धित डीन कार्यालयहरुलाई निर्देशन दिएको छ।

परीक्षा सञ्चालनको वैकल्पिक उपायबारे छलफल गर्न निर्देशन दिएको त्रिविका रेक्टर (शिक्षाध्यक्ष) प्रा. शिव भुषालले बताए। परीक्षा लामो समयसम्म स्थगित हुँदा विद्यार्थीमा अन्योल हुनुका साथै भविष्यमा असर परिरहेकोले परीक्षाको तयारी थाल्न निर्देशन दिइएको उनले बताए।

परीक्षा प्रक्रिया सम्बन्धी अध्ययन समितिले डीन कार्यालयहरुलाई चार विकल्प सुझाएको छ। समितिले ओपन बुक इक्जाम (निश्चित समय तोकेर किताब, नोट, इन्टरनेट सबैको प्रयोग गरेर उत्तर दिन पाइने), इन्टर्नल ओरल प्रेजेन्टेसन ( आन्तरिक परीक्षाको ४० प्रतिशतलाई ५० प्रतिशत मान्यता दिने र बाँकी ५० प्रतिशतको मौखिक लिने), अनलाइन परीक्षा र भौतिक दूरी कायम गरेर प्रत्यक्ष रुपमै परीक्षा लिने विकल्प सुझाएको छ।

ती विकल्पबारे विभाग प्रमुखहरूसँग छलफल भइरहेको त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्रा.डा. कुसुम शाक्यले बताइन्। “विभागहरुसँगको छलफलपछि यी चारमध्येबाटै वा अर्को कुनै विधि निक्र्योल गरी परीक्षा गराउने तयारी भइरहेको छ”, उनले भनिन्।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले समितिले सिफारिश गरेको विधिका साथै अन्य वैकल्पिक विधिबारे भनेर अध्ययन र छलफल शुरु गरेको बताए। उनले भने, “हामीले परीक्षा सञ्चालनको विधिबारे अध्ययन गर्न आन्तरिक समिति बनाएका छौं। समितिले सिफारिश गरेको विधि अनुसार परिस्थिति हेरेर दशैं अघि वा लगत्तै परीक्षा तयारी गर्नेछौं।”

प्रा. डा. शर्माले त्रिविको विभिन्न संकायको प्रकृति फरक–फरक भएकाले परीक्षा विधि पनि फरक हुनसक्ने उनले बताए। संकाय अनुसार अध्ययन र छलफल भइरहेको र विषय अनुसार विधि अपनाइन सक्ने उनको भनाइ छ।

परीक्षा अगावै शोधपत्र

सामान्यतया विद्यार्थीले परीक्षा सकेपछि मात्र थेसिस (शोधपत्र) लेख्न पाउँछन्। तर, व्यवस्थापन संकायले स्नातकोत्तर तहको चौथो सेमेष्टरका विद्यार्थीलाई परीक्षा अगावै अहिले थेसिस लेखाउन शुरु गरेको छ।

विद्यार्थीको शैक्षिक शत्र खेर जान नदिन थेसिस लेखाइरहेको व्यवस्थापन सङ्कायका डीन प्रा.डा. शर्माले बताए। उनले भने, “अहिलेको खाली समयमा थेसिस पूरा गरे भने दशैंपछि परीक्षा भए पनि उनीहरुको शैक्षिक सत्र खेर जाँदैन।”

विद्यार्थीलाई थेसिस तयार पार्न पनि चार–पाँच महीना लाग्छ। स्नातकोत्तर तहमा व्यवस्थापन, मानविकी लगायत सङ्काय तथा अध्ययन संस्थानमा शोधपत्र अनिवार्य छ।

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो। व्यवस्थापन विभागको परीक्षा नियन्त्रण महाशाखाले गत ९ साउनमा सूचना जारी गर्दै भदौदेखि परीक्षा संचालन हुने जनाएको थियो। तर, कोरोनाभाइरसको संक्रमण बढेपछि परीक्षाको तालिका नै सार्वजनिक भएन।

फोनबाट विद्यार्थी खोजिंदै 

परीक्षा स्थगित भएपछि विभिन्न जिल्लाका विद्यार्थी आफ्नो गृहजिल्ला पुगेका छन्। यसैले परीक्षाका लागि कुन विधि उपयुक्त हुन्छ भनेर निर्क्योल गर्न उनीहरुलाई  सम्पर्कमा ल्याउन समस्या भइरहेको छ।

यसैबीच, त्रिविले विद्यार्थीलाई सम्बन्धित क्याम्पस तथा विभागको सम्पर्कमा आउन आग्रह गरेको छ। साथै, सम्बन्धित विभाग तथा क्याम्पसहरुलाई आफ्ना विद्यार्थीलाई सम्पर्कमा ल्याउन र सम्पर्कमा नआएका विद्यार्थीलाई खोज्न निर्देशन दिएको छ।

त्रिविको निर्देशनसँगै सम्बन्धित विभाग तथा क्याम्पसहरुले विद्यार्थीलाई फोनबाट खोज्न शुरु गरेका छन्। समाजशास्त्र विभागका पूर्व प्रमुख, सह–प्राध्यापक डा. टीकाराम गौतमले फोन गरेर विद्यार्थीको खोजी गरिरहेको बताए। उनले भने, “सम्पर्कमा नभएका विद्यार्थीलाई फोन गरेर उनीहरुको अवस्थाबारे जानकारी लिइँदैछ। त्यसले पनि कुन विधि मार्फत परीक्षा गराउने भन्ने निर्धारण हुन्छ।”

व्यवस्थापन संकायको डीन कार्यालयले पनि विभाग तथा क्याम्पसको सम्पर्कमा आउन विद्यार्थीलाई आग्रह गरेको छ। स्वयं सम्पर्कमा नआएका आफ्ना विद्यार्थीलाई ट्रेसिङ गर्न कार्यालयले मातहतका विभाग तथा क्याम्पसहरुलाई पनि निर्देशन दिएको हो।

निर्देशनपछि विभाग तथा क्याम्पसहरुले विद्यार्थीलाई सम्पर्कमा ल्याउन थालिसकेको व्यवस्थापन सङ्कायका डीन प्रा.डा. शर्माले बताए। -हिमालखबरबाट

वि.सं.२०७७ भदौ १२ शुक्रवार १८:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...