back
NMB ad

अन्ततः यस्तो सर्तसहित निषेधाज्ञा हटाउँदै प्रशासन, भर्खरै निकाल्यो यस्तो सूचना !

Kumari bank ad

सुर्खेत । वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको छ । भदौ एक गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड–१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो । जिल्लामा निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखिम रहेकोले केही शर्त भने कायमै रहको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘आज राति १२ बजेदेखि निषेधाज्ञा खुला गरिएको छ । तर केही शर्तभने लागू गरिएको छ,’ उनले भने ।

प्रजिअ रेग्मीका अनुसार नागरिकलाई मास्क लगाउने, भौतिक दुरी कायम गराउने र भिडभाड नियन्त्रण गर्नेतर्फ प्रशासन केन्द्रित हुनेछ ।प्रशासनले वीरेन्द्रनगरमा उपत्यकामा चल्ने सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गर्ने बताएको छ ।

अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने यो नियम लागू हुने छैन । यस्ता सवारीसाधनहरु अन्य दिनहरुमा जस्तै निर्वाध चल्न सक्नेछन् । त्यस्तै सैलुन र व्युटीपार्लर बाहेक अन्य पसलहरु विहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्न आहृवान गरेको छ ।

पसल खोल्दा सामाजिक दुरी र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिनु पर्नेछ । साँझ ७ बजेपछि सवारीसाधन चलाउँन पाइने छैन भने भेला, जुलुस, गोष्ठी, सेमिनार पूर्णरुपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।

 

वि.सं.२०७७ भदौ १२ शुक्रवार १९:३३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...