पानीको मूल्यमा संसदीय समितिले थाल्यो छानबिन

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मूल्य बढाउने निर्णय गरेसँगै संसदीय समितिले चासो दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मूल्य बढाउनुको कानुनी आधारलगायत सबै डकुमेन्ट मगाएर छानबिन थालेको छ ।

विभाग स्वयंले केही पानी उद्योगमा निरीक्षण गरेर तयार पारेको प्रतिवेदनमा प्रतिजार औसत बिक्री मूल्य २५ रुपैयाँ भनिएको छ । तर सर्वसाधारणका लागि अधिकतम मूल्य (एमआरपी) ५० रुपैयाँ तोकेपछि समितिले छानबिन सुरु गरेको कान्तिपुर दैनिकमा खबर छ ।

२०७७ भदौ १४ गते ०७:४० मा प्रकाशित

You can share this post!

विद्यालय मंगलबारदेखि खुल्ने

विद्यालय मंगलबारदेखि खुल्ने

Related posts