back
NMB ad

मासिक डेढ लाख तलबसहित ५ सय नेपालीका लागि रोजगारीको अवसर

Kumari bank ad

काठमाडौं । इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेको हो।

इजरायल सरकारले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लाने प्रस्ताव अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको पहलमा यो प्रस्ताव अघि बढेको हो।

निरन्तरको पहलपछि इजराय नेपाली कामदार लैजान सहमत भएको हो। इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपालीका लागि रोजगारीको अवसर खुलेको हो। यो प्रक्रिया आगामी वर्षमा पनि निरन्तर चलिरहने बताइएको छ।

‘जी टु जी’ (सरकार – सरकारबीचको सम्झौता) अनुरुप नेपाली कामदार इजरायल जान पाउने छन्। कम्तिमा एसएलसी पास केयर गिभर र नर्सिङ पढाई पुरा गरेका युवाले यो अवसर पाउनेछन्।

उमेरको हकमा ४५ बर्ष नकाटेको हुनुपर्नेछ। बढीमा पाँच वर्ष त्यहाँ काम गर्न पाउने प्रावधान राखिनेछ। आतेजाते खर्च, बिमा, स्वास्थ जाँचलगायतको खर्च जाने कामदार स्वयमले ब्यहोर्नु पर्नेछ।

‘सबै कुरा सोचे जस्तो भयो भने आगामी तीन महिना भित्रमा नेपाली युवा इजरायल पुगिसक्नेछन,’ श्रममन्त्री यादवले भने, ‘उल्लेखित काममा जाने युवाले महिनाको १ लाखदेखि १ लाख ५० हजर नेपाली रुपैयाँ तलब बापत प्राप्त गर्नेछन्।’

यसअघि नेपालबाट यो क्षेत्रमा काम गर्न थुप्रै नेपाली इजरायल पुगेका थिए। तर, विभिन्न कारणले गर्दा लामो समयदेखि नेपालीहरु नर्सिङ क्षेत्रमा कामको लागि इजरायल जान पाएका थिएनन्। लामो समयदेखि बन्द रहेको यो क्षेत्र श्रममन्त्रालयको विशेष पहलमा पुनः सुचारु भएको हो।

नेपालीहरुको इमान्दारिता र कामप्रतिको लगनशीलताबाट प्रभावित भएका इजरायलीहरु पुनः नेपाली कामदार लैजान सकरात्मक भएका हुन्। इजरायल नेपालीको रोजाइमा पर्ने एक आकर्षक गन्तव्य मुलुकमा रुपमा पर्छ।-डीसी नेपालबाट

वि.सं.२०७७ भदौ १४ आइतवार १३:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...