बैतडी । बैतडीमा लकडाउडन १ हप्ता थपिएको छ । आज बसेको कोरोना जोखिम नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिको बैठकले २१ गते सम्मका लागि लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि ८ गते राति १२ बजेदेखि लागु हुने गरी १४ गते अर्थात् आज राति १२ बजे सम्मका लागि लकडाउन जारी गरिएको थियो । अब १ हप्ता थपिएको जिल्ला प्रसासन कार्यालय बैतडीका प्रमुख एवं कोरोना जोखिम नियन्त्रण समन्वय समितिका संयोजक मोहनराज जोशीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले एक हप्ता अझै लकडाउन गरिएको उहाँले बताउनुभयो । यस अवधिमा सबै प्रकारका व्यापार(ब्यवसाय बन्द हुने, अत्यावश्यक मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन र एमबुलेन्स बाहेकका अन्य सवारी साधनहरु पनि सञ्चालन गर्न नपाइने उहाँले बताउनुभयो ।
वि.सं.२०७७ भदौ १४ आइतवार १४:५८ मा प्रकाशित