back
NMB ad

अन्ततः विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिने !

Kumari bank ad

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार भएको छ। उर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने तयारी गरेको हो।

घिसिङको कार्यअवधि आगामी २९ भदौमा सकिदैछ। तर, फेरि पनि उनलाई नै निरन्तरता दिने प्रस्ताव उर्जा मन्त्रालयले तयार पारेको हो। उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिसकेका छन्।

“प्रधानमन्त्री ओली कुलमान घिसिङलाई नै निरन्तरता दिन तयार हुनुभएको छ”, मन्त्री पुनका सचिवालयका एक सदस्यले भने। तर, पुनः नियुक्त भएपछि घिसिङले सरकारको प्रणाली पालना गर्नुपर्ने प्रधानमन्त्री ओलीले सर्त राखेका छन्। “विद्युत प्राधिकरण र त्यहाँ नियुक्त हुने व्यक्ति सरकारकै अंग हुन् भन्ने तथ्य भुल्न चाहिँ भएन”, प्रधानमन्त्री ओलीको भनाइ थियो।

मन्त्री पुनले यसबारे नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग समेत सल्लाह लिएका छन्। घिसिङलाई निरन्तरता दिन अध्यक्ष दाहाल सहमत भएका छन्। “धेरैको माग पनि घिसिङ नै हुनुपर्छ भन्ने छ, यस्तो बेला अर्काे विकल्प खोज्नु राम्रो होइन”, दाहालले मन्त्री पुनसँग भनेका थिए।

मन्त्रालय स्रोतका अनुसार, घिसिङलाई नै निरन्तरता दिनेगरी तयार भएको प्रस्ताव मन्त्रिपरिषदमा पठाउन भने बाँकी छ। “कहिले पठाउने भन्ने निश्चित भइसकेको छैन, तर प्रस्ताव तयार भइसक्यो”, ती स्रोतले भने।

मंगलबारको मन्त्रिपरिषद बैठकबाटै घिसिङलाई निरन्तरता दिइएको भन्ने प्रचारको भने सरकारले खण्डन गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले घिसिङलाई निरन्तरता दिने प्रस्ताव तयार नभएको बताएका थिए।  -हिमालखबरबाट

वि.सं.२०७७ भदौ १४ आइतवार १७:५० मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...