दमौली । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत एक दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा हिजो थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरू पनि छन् ।
गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत उनका पतिमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।
वि.सं.२०७७ भदौ १५ सोमवार ०७:३२ मा प्रकाशित