back
NMB ad

उद्योग व्यवसायका लागि बैंकहरुमा बढ्यो कर्जाको माग

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना सुरु भएसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । सरकारले लकडाउन हटाएसँगै कर्जाको माग बढेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ देखि लगाएको लकडाउन असारदेखि खुकुलो भएको थियो । साउन महिनामा केही आर्थिक गतिविधि भएपनि भदौको ५ गते देखि पुनः निषेधाज्ञा जारी भएको छ ।

तर, यो बीचमा उद्योग व्यवसायले चालू पुँजीका लागि कर्जा लिएकाले पनि बैंकहरुमा कर्जाको माग बढेको राष्ट्र बैंकले जनाएको छ । साउन महिनाभरी २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ महिनाको दोस्रो हप्तासम्ममा १४ अर्ब कर्जा प्रवाह गरिसकेका छन् ।

चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुमा कर्जाको माग नै आउन सकेको थिएन । कोरोनाका कारण लकडाउन, निषेधाज्ञा जारी गरेकाले आर्थिक गतिविधि ठप्प भएको र उद्योग धन्दाबन्द हुँदा कर्जाको माग हुन सकेको थिएन ।

भदौ महिनाको दोस्रो सातसम्मा बैंकहरुले ५ अर्ब निक्षेप संकलन गरेर ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर घटाएका कारण निक्षेप अन्यत्र जाने आँकलन गरिएपनि निक्षेप थपिने क्रम रोकिएको छैन ।

भदौको दोस्रो सातासम्ममा वाणिज्य बैंकहरुले कुल ३४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १२:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...