back
NMB ad

कच्चा तेलको मूल्य पाँच महिनायताकै उच्च

Kumari bank ad

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर पाँच महिनाकै उच्च विन्दुमा उक्लिएको छ । तेलको आपूर्ति उच्च भएकै बेलामा विश्वमा तेलको माग कोभिड–१९ को महामारी पूर्वको स्तरमा फर्किन नसकेकै बेलामा संयुक्त अरब इमिरेट्स (यूएई)ले कच्चा तेलको आपूर्ति ३० प्रतिशत घटाएको र चीनको आर्थिक तथ्यांक सकारात्मक आएको खबरले तेलको भाउलाई टेवा दिएको हो ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा नोभेम्बर डेलिभरीको ब्रेन्ट क्रुड फयूचर्सको भाउ सोमवार १ दशमलव ५ प्रतिशतले बढेर प्रतिब्यारेल ४६ डलर ५ सेन्टमा उक्लिएको थियो । यो पाँच महीनाकै उच्च हो ।

न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ४३ डलर ४८ सेन्ट कायम भएको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ः२० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४५ डलर ६ सेन्टमा आएको थियो । सोही समयमा डब्ल्यूटीआई पनि ४३ डलर २८ सेन्ट कायम भएको थियो । ब्रेन्टको भाउ अगष्टमा लगातार पाँचौं महीना पनि बढ्ने क्रममा रहेको छ । डब्ल्यूटीआईको भाउमा भने चौथो मासिक वृद्धि हुने क्रममा रहेको छ ।

अक्टोबरमा आपूर्ति ३० प्रतिशतले घटाइने यूएईको सरकारी तेल कम्पनी आबु धाबी नेशनल आयल कम्पनीले सोमवार ग्राहकहरुलाई बताएको छ । सेप्टेम्बरमा भने कम्पनीले आपूर्ति ५ प्रतिशत कटौती गरेको थियो ।

ओपेक प्लसले सहमति गरेको उत्पादन कटौतीमा यूएईको तर्फबाट कटौती प्रतिबद्धता पूरा गर्न यस्तो गरिएको हो । मागमा विस्तारै सुधार भइरहेको अवस्थामा कटौतीले यस वर्षको पूर्वार्द्धमा थुप्रिएर बसेको अत्यधिक सञ्चिति सोस्न मद्दत गर्ने ओसीबीसीका अर्थशास्त्री हाउई लिले भने । एजेन्सी

वि.सं.२०७७ भदौ १६ मंगलवार १२:१२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...