back
NMB ad

५० प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा

Kumari bank ad

काभ्रे । कोरोना संक्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका ५ वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन् । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’ का लागि सिफारिस दिन शुरु गरेका छन् ।

नगरपालिकाका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा स्थानीयवासीको बीमा गर्न सोमबारदेखि सिफारिस गरिरहेका छन् । कोरोना बीमाका लागि १ लाखको बिमांक रकम बराबर ६ सय प्रिमियम तिर्नुपर्छ तर वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् ३ सय प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बीमा हुने वडा नम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।

‘बीमा कम्पनीले नै प्रिमियम रकममा ५० प्रतिशत छुट गरिदिएको हो, यसका लागि वडाले सिफारिस गर्नुपर्ने नियम बनाइएको छ’, लामाले भन्नुभयो । उहाँका अनुसार वडाका बासिन्दाले कोरोना बीमा गर्न चाहेको बताएपछि वडाले सिफारिस गर्ने र वडाको सिफारिस ल्याएका स्थानीयवासीको बीमा कम्पनीले प्रिमियम रकममा ५० प्रतिशत छुटसहित बीमा गर्ने व्यवस्था मिलाइएको छ । सोमबार मात्रै आफ्नो वडाका ११ जनाको सिफारिस गरेको लामाले बताउनुभयो ।

व्यक्तिगत खर्चमा एकल महिलाको कोरोना बीमा

लामाका अनुसार बीमित वडाका बासिन्दामा कोरोना संक्रमण पुष्टि भएपछि १ लाख बीमा रकम पाउनेछन् । उहाँले आफ्नो वडाका १ सय २८ एकल महिलाको पनि कोरोना बीमा गराइदिने योजना बनाइएको जानकारी दिनुभयो । ‘मैले व्यक्तिगत खर्चमा उहाँहरुको बीमा गराउन थालेको छु, एकल महिलाको पहिचान भइसकेको छ, अब बीमा प्रक्रिया थाल्नेछु’, उहाँले भन्नुभयो । उहाँले बीमा कम्पनीको ५० प्रतिशत प्रिमियम रकम छुटमै एकल महिलाको समेत बीमा गराइने बताउनुभयो । स्थानीय रञ्जन लामिछानेले पाँचखालका केही वडाले ५० प्रतिशत छुटमा वडाका बासिन्दाको बीमा गर्न शुरु गरेकोमा खुशी हुँदै सबै नगरका वडाले यो अभियान थाल्नुपर्ने बताउनुभयो ।

अजोड नामक बीमा कम्पनीले हाल पाँचखालका पाँच वडाका बासिन्दाको ५० प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा गर्न शुरु गरेको छ । बीमा कम्पनीको नियमानुसार कोरोना बीमाअन्तर्गत पिसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएपछि १ लाख बीमा रकम प्रदान गर्ने नियम छ । यसका लागि ६ सय प्रिमियम रकम तिर्नुपर्छ । पाँचखाल नगरपालिकामा हालसम्म ८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

काभ्रेमा हालसम्म २ सय ७५ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये १ पुरुष र १ महिलाको मृत्यु भइसकेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार हाल संक्रमितमध्ये १ सय ३ जना उपचारपछि घर फर्किएको र १ सय ७० जना अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत छन् ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १२:१९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...