राष्ट्रिय जनगणनामा सरकारले सोध्ने छ यस्ता प्रश्न !

काठमाडौं । सरकारले आगामी वर्ष गर्न लागेको राष्ट्रिय जनगणना २०७८ मा देशभरका प्रत्येक घरपरिवारबाट विवरण संकलन गर्दैछ । सो जनगणनामा सोधिने प्रश्न तय गरी सरकारले आइतबार राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।

यसरी जनगणनामा गाउँ, टोल तथा घरैपिच्छे आउने गणकहरुले व्यक्ति, घरपरिवार, पेशागत, आर्थिक, सामाजिक, सामुदायिक, धार्मिक र भाषिक लगायत विषयमा मुख्य र सहायक गरी ७५ भन्दा बढि प्रश्न सोध्नेछन्।

घर–घर आउने ती गणकले सबै व्यक्तिको शारिरिक अवस्थाबारे मात्र नभई परिवारका सदस्यले प्रयोग गर्ने मोवाइल फोनको प्रकार वा सवारीसाधनदेखि गोठमा भएका गाइवस्तु लगायतको विवरण पनि सोध्नेछन्।

सरकारले तय गरेका प्रश्नहरुको सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७७ भदौ १६ गते १६:१४ मा प्रकाशित

You can share this post!

निषेधाज्ञामा थप कडाई : बैठकले गर्यो यस्तो निर्णय !

निषेधाज्ञामा थप कडाई : बैठकले गर्यो यस्तो निर्णय !

Related posts