काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि घटेको छ । बुधवार तोलामा एकै दिन १२ सयले घटेको हो । आज सुन १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार ८ सयले बढेको सुन आज १२ सयले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । यो मंगलबारको भन्दा ३० रुपैयाँले कम हो ।
वि.सं.२०७७ भदौ १७ बुधवार ११:१९ मा प्रकाशित