काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ । सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवासयी महासंघकाअनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य ९६ हजार ५ सय रूपैयाँ तोकिएको छ।
बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०७७ भदौ १८ बिहीवार ११:०५ मा प्रकाशित