काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि अन्तिम सम्झौता गरेको छ । बैंकले सिटीलाई १००ः३० अनुपात अर्थात सिटीको १०० कित्ता नेपाल इन्भेष्टमेन्टमा ३० कित्ता हुने गरी सम्झौता भएको छ ।
गत बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले सिटीलाई प्राप्ति गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७७ भदौ १८ बिहीवार ११:२५ मा प्रकाशित