back
NMB ad

सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र बजार भदौ २५ गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । सल्यानको कपुरकोटमा एकजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि बजार क्षेत्र सिल गरिएको छ ।

धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भदौ १८ गते गाउँपालिकामा बसेको सर्वदलीय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए ।

संक्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यसअघि पनि समुदायस्तरमा गरिएको परीक्षणमा एक व्यक्तिलाई कोरोना भेटिएपछि स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको उनले बताए ।

भदौ ९ गते राति १० बजेदेखि भदौ २५ गते राति १० बजेसम्मका लागि कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रूपमा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १५:४३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...