back
NMB ad

अन्ततः भदौ ३१ गतेसम्म निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गरि संचालन गर्न निर्णय

Kumari bank ad

डडेल्धुरा । डडेल्धुरामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ। जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को शुक्रबारको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।

जिल्लामा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म खुकुलो बनाउने गरी लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल शुक्रबारदेखि भदौ ३१ गतेसम्मका लागि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने छन ।

यसअघि पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न दिइएको थियो। पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि ३१ गतेसम्म जोर–बिजोर प्रणाली लागू गरिएको छ । सार्वजनिक मेला, पर्व, भेला, सभा सम्मेलनलाई पूर्ववत् रूपमा पूर्ण निषेध गरिएको छ ।

सवारी पास नलिई अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने यात्रुबाहक सार्वजनिक र निजी सवारी साधनलाई पनि पूर्ण रोक लगाउने निर्णय डिसिसिएमसीको बैठकले गरेको छ ।

सरकारी कार्यालय, संस्थान, बैंक तथा वित्तीय संस्थाहरू, निजी क्षेत्रका कार्यालयहरुमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्वन गरी संचालन गर्न पाइने भएको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार २१:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...