back
NMB ad

ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य : प्रतिकेजी ११५ रुपैयाँ, अण्डाको कति ?

Kumari bank ad

चितवन । सरकारले लकडाउन र निशेधाज्ञा जारी राखेकै बखत ढुवानी सहज नहुँदा कुखुराको मासुको मूल्यमा गिरावट आएको छ ।

कृषि तथा मासुजन्य उत्पादनको ढुवानीलाई सहज गरेपनि हालैका दिनमा माग भने कम छ । जसका कारण मासुको उत्पादन बढेको छ तर सहज रुपमा उपभोक्ताको भान्सामा पुग्न नसक्दा कुखुराको विक्रीमा सुधार आएको छैन । तर विगत केही महीनादेखि अण्डाको उत्पादन भने स्थिरहुँदा विक्री र मुल्य पनि स्थिर छ ।

असारको पहिलो सातादेखि देशभर लकडाउन खुकुलो भएपछि अधिकांश किसानहरुले ब्रोइलर कुखुरा पाल्न पुनः शुरु गरेका थिए तर त्यसको दुई महीना नपुग्दै देशका अधिकांश जिल्लामा लकडाउन र निशेधाज्ञा जारी गरिएपछि मासुको मूल्य ओरालो लाग्दै गएको छ । तर अण्डाको हकमा भने हरेक किरानापसल र खाद्यपसल खुलेका कारण अण्डाको विक्रीसँगै मूल्यपनि स्थिर भएको छ ।

भरतपुर महानगरपालिका–१० भ्याली कोल्ड स्टोरका थोक विक्रेता तेजनारायण पाण्डे कुखुराको खपतमा भारी गिरावट आएकाले मूल्य समेत घटेको बताउँछन् । ‘लकडाउन खुल्यो भनेर सबै किसानले कुखुरा हाले’, उनले भने, ‘अहिले निशेधाज्ञा र लकडाउन छ । विक्री छैन ।’ उनका अनुसार फ्रेसहाउस तथा कोल्ड स्टोर सहज रुपमा खोल्न नपाउँदा पनि विक्री घटेको हो ।

विक्री कम भएपछि मूल्य घटाउनुको विकल्प नभएको र उत्पादनसमेत थुप्रिएको कारण मूल्यमा ह्रास आएको हो । हाल चितवनमा जिउँदो ब्रोइलर प्रतिकेजी रू.९० देखि ११५ मा खरीदविक्री भइरहेको छ भने तयारी मासु अधिकतम प्रतिकेजी रू. २४० छ । तर प्रतिकेजी मासुको उत्पादननै रू. २०० को हाराहारी पर्छ । यस अघि तयारी मासु प्रतिकेजी रू. ४०० सम्म विक्री हुँदै आएको थियो ।

मासुको उत्पादन वृद्धि बढी र कम हुँदा हाल काठमाडौं लगायत अन्य शहरमा मासुको मागमा केही वृद्धि भएको छ । मासुको तुलनामा भने अण्डाको उत्पादन र विक्रीमा करिब सन्तुलनमा आएको छ ।

हाल बजारमा सानो अण्डाको मुल्य रू.२५५ प्रतिक्रेट छ भने ठूलो अण्डाको मुल्य प्रतिक्रेट रू. ३१५ छ । चाडबाड नजिकिएको र बन्दाबन्दी खुकुलोभएसँगै अण्डा र मासुको खपत बढ्ने व्यवसायीहरुको भनाइ छ । आर्थिक अभियानबाट

वि.सं.२०७७ भदौ २० शनिवार १४:२० मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...