back
NMB ad

अन्ततः देशव्यापी संकटकाल घोषणा ! समयावधि कति ?

Kumari bank ad

एजेन्सी । सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि संकटकालको घोषणा गरेको छ । सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरी संकटकाल घोषणा गरेको हो ।

सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी सङ्कटकाल घोषणा गरिएको विज्ञप्तीमा जनाइएको हो ।

एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएका मन्त्रालयले जानकारी गराएको छ ।

एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुर्याएको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था, सुनाले गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

देशको पश्चिमी क्षेत्रमा रहेको डाफर र दक्षिणी सेनार राज्य सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्येका हुन् । सामान्यतया जूनदेखि अक्टुबरसम्म सुडानमा भारी वर्षा हुन्छ जसका कारण देशभरि ठूलो बाढी आउने गर्छ ।

ब्लु नाइल क्षेत्रमा एक शताब्दी यताकै उच्च वर्षा भएको र यसका कारण नदी किनारमा रहेका हजारौँ मानिस विस्थापित बनेका सिंचाइ तथा खानेपानी मन्त्रालयले उल्लेख गरेको छ ।

सुडानमा मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको बिहीबार सार्वजनिक अन्तिम रिपोर्ट अनुसार यो बर्ष सुडानमा बाढीका कारण तीन लाख ८० हजारभन्दा बढी मानिस ‘प्रभावित’ भइसकेका उल्लेख गरिएको छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार ०८:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...