back
NMB ad

थानकोटमा डिजेल बोकेको ट्याङ्कर पल्टिएपछि…

Kumari bank ad

काठमाडौँ । चन्द्रागिरि नगरपालिका– ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति प्रज्वलनशील पदार्थ डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ ।

रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको गाडी पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।

ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । ‘अचानक ड्याम्म आवाज आयो के भएको रहेछ भनेर घरबाट हेर्दा डिजेल ट्याङ्कर उतानो परेछ,’ एक स्थानीयले भने ।

उक्त ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए । गाडी दुर्घटना हुदा गाडीको पाँच च्याम्वर मध्ये दुई च्याबरको ४ हजार लिटर डिजेल पोखिएको छ । नजिकै निगमको डिपो भएपनि ठूलो दुर्घटना टरेको स्थानीयको भनाइ छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार १२:२० मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...