back
NMB ad

उड्ने कारको सफल परीक्षण

Kumari bank ad

एजेन्सी । स्काइ ड्राइभ इन्क नामक एक जापानी कम्पनीले उड्ने कारको परीक्षण सफल भएको घोषणा गरेको छ । दुई साताअघि उक्त कारको सार्वजनिक परीक्षण गरिएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्‍लेख छ।

विश्व प्रसिद्ध टोयोटा कम्पनीको कार परीक्षण स्थलमा स्काइ–कारको परीक्षण गरिएको थियो। जापानको इतिहासमै पहिलोपटक उड्ने कारको सार्वजनिक परीक्षण गरिएको हो।

एसडी–३० नामको उक्त कारलाई कम्पनीको अनुभवी पाइलटले चार मिनेट जति सफलतापूर्वक उडाएका थिए। ‘मानवसहितको कार उडानमा प्राप्त भएको सफलताबाट हामी असाध्यै उत्साहित छौं,’ कम्पनीका सिइओ तोमोहिरो फुकुजावाले भनेका छन्, ‘हामी यो सुरक्षित‚ सहज र धेरैको पहुँचमा पुगोस् भन्ने चाहन्छौं।’ उनका अनुसार कम्पनीले उक्त कारको व्यवसायीकरण गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार एसडी–३० विश्वकै सानो इलेक्ट्रिक स्काइ–कार हुनेछ‚ जसलाई दुईटा कार पार्क गर्न चाहिनेजति क्षेत्रबाटै उडाउन र अवतरण गर्न सकिनेछ। सुरक्षाका लागि कारमा आठवटा मोटर इञ्‍जिन जडान गरिएका छन्।

यसलाई भविष्यमुखी‚ चमत्कारिक र उपभोक्ताले रुचाउने किसिमको डिजाइन दिन खोजिएको डिजाइन निर्देशक ताकुमी यामामोतले बताए। कम्पनीले उक्त स्काइड्राइभ कार सन् २०२३ सम्ममा बजारमा ल्याउने लक्ष्य राखेको छ। कारको सम्भावित मूल्यबारे भने कम्पनीले केही बताएको छैन।

वि.सं.२०७७ भदौ २१ आइतवार १३:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...