back
NMB ad

आन्तरिक उडान असोज १ देखि संचालन गर्ने

Kumari bank ad

काठमाडौं । सरकारले असोज १ गतेदेखि हिमाली तथा पहाडी जिल्लामा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । कोरोना संक्रमण कम देखिएका केही जिल्लाबाट उडान शुरू गर्नेगरी तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभएको छ ।

यसअघि भदौ १६ गतेदेखि नै आन्तरिक उडान खोल्ने भनिए पनि काठमाडौं लगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढेपछि सरकारले अर्को निर्णय नहुन्जेल आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्री भट्टराईले ५ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई कोरोना महामारीकै बीचमा सुरक्षित ढंगले सुचारु गर्नेबारे शनिवार पर्यटन क्षेत्रका सरोकारवालाहरूको छलफलमा असोज १ देखि सीमित जिल्लामा उडान शुरू गर्ने तयारी भएको बताउनुभएको हो ।

अन्तरराष्ट्रिय उडानको केही दिनको अभ्यास हेरेर उडान संख्या बढाउने तयारी पनि गरिएको उनको भनाइ छ । सरकारले अन्तरराष्ट्रिय उडान भदौ १६ देखि नियन्त्रित रूपमा खोलेको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०७:३८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...