काठमाडौं । सोमवार नेप्से कारोबार भएको पहिलो घण्टामा २ दशमलव ४७ अंकले घटेको छ । १ हजार ५०३ दशमलव ३८ विन्दुबाट शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव १६ प्रतिशत घटेर १ हजार ४९७ दशमलव ५१ विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १७० ओटा कम्पनीको ८ हजार ३६ पटकको कारोबारमा १६ लाख ३६ हजार ३०३ कित्ता शेयरको रू. ५८ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ ।
वि.सं.२०७७ भदौ २२ सोमवार १२:०० मा प्रकाशित