back
NMB ad

बालुवाटारको छलफलपछि यस्तो आयो प्रधानमन्त्री ओलीको निर्देशन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संकटको समयमा उत्पन्न हुने मनोसामाजिक समस्याको विषयमा मनोचिकित्सकसँग छलफल गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले कोरोना संकटका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रका सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा प्रधानमन्त्रीले मनोसामाजिक समस्या सम्बोधनका लागि तत्कालयोजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुनेमा जोड दिनुभयो ।

छलफलमा प्रा.डा सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा.डा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायत विज्ञ सहभागी रहेका थिए ।

बालुवाटार पुगेका सम्बन्धित क्षेत्रका विज्ञले प्रधानमन्त्रीसँग संकटको समयमा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायका विषयमा धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले विज्ञको सुझाव सुनेपछि तत्काल कोरोनाविरुद्धको परामर्शका लागि सचेतना अपनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १४:२६ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...