back
NMB ad

खुकुलो बन्यो निषेधाज्ञा : दिनभर बजार पनि खुल्ने, यातायात पनि चल्ने

Kumari bank ad

बैतडी । निषेधाज्ञा खुकुलो भएसँगै बैतडीमा बजार खुलेका छन्। जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थान केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म व्यापार व्यवसाय गर्न पाउने गरी निर्णय गरेपछि सोमबारदेखि बजार खुलेका हुन्।

स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी भएपछि बजार खुलेको हो। बजार खुलाउँदा व्यवसायीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन स्थानीय प्रशासनले बताएको छ ।

भदौ ८ गतेदेखि बैतडीमा जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको हो। यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर हिँड्डुलमा समेत पूर्ण रुपमा रोक लगाएको छ। सरकारी कार्यालयहरुले न्यूनतम कर्मचारीको उपस्थितिमा सेवा प्रवाह गर्नुपर्ने प्रशासनले जनाएको छ।

यस्तै, बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिले भने दैनिक अत्यावश्यक कार्य मात्रै सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले बढी भीडभाड नहुने गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सेवा दिने जारी आदेशमा उल्लेख गरिएको छ। जनजीवनमा केही सहजताका लागि निषेधाज्ञा खुकुलो पारिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनले भने, ‘निषेधाज्ञा खुकुलो भएको भनेर अनावश्यक भीडभाड नगर्न र कोरोना भाईरसको संक्रमण फैलिन नदिन सबैले सतर्कता अपनाउन आग्रह छ।’ प्रशासनको आग्रहलाई पालना नगर्नेलाई कारबाही गरिने प्रजिअ जोशीले बताए।

वि.सं.२०७७ भदौ २३ मंगलवार ०६:५३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...