काठमाडौं । नेपाली बजारमा बुधवार सुनको भाउ वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनार सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।
हिजो प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो ९५ हजार ३ सय रुपैँयामा कारोबार भएको तेजावी सुनको मूल्य ९५ हजार ९ सय कायम भएको महासंघे जनाएको छ ।
हिजो चाँदीको मुल्य १ हजार ३ सय १० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय १५ रूपियाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ भदौ २४ बुधवार ११:३१ मा प्रकाशित