काठमाडौं । अब सहकारी पनि खोल्न पाइने भएको छ । सहकारी खोल्नका लागि समय पनि तोकिएको छ । अब सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न दिइने जनाइएको छ ।
शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ। उपत्यकाका सबै नाकाहरू साबिकझैं बन्द रहनेछन्। उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ।
भाँडा/भान्साका सामग्रीका पसल पनि खुल्नेछन् तर आइतबार, मंगलबार र शुक्रबार मात्र। फर्निचर र अटोमोबाइल पसल सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।
वि.सं.२०७७ भदौ २५ बिहीवार ०७:५७ मा प्रकाशित