back
NMB ad

कोरोना कहर : कर्मचारीलाई सातामा तीन दिन बिदा दिने घोषणा, अब ४ दिन मात्रै काम गरे पुग्ने !

Kumari bank ad

वासिङटन । कोरोना भाइरसका कारण ‘वर्क फ्रम होम’ को संस्कार बढिरहेको छ । विशेषगरी आईटी कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा घरबाटै लिइरहेका छन् ।

‘वर्क फ्रम होम’को अवधिमा कर्मचारीलाई अफिसको तुलनामा कामको दबाब बढिरहेको छ । यसैलाई मध्येनजर गर्दै प्रविधि कम्पनी गूगलले कर्मचारीका लागि ठूलो निर्णय लिएको छ ।

प्रविधि कम्पनी गूगलले आफ्ना कर्मचारीलाई सातामा तीन दिन बिदा दिने घोषणा गरेको छ । अब कर्मचारीले ४ दिन मात्रै काम गरे पुग्ने भएको छ । किनकी उनीहरुलाई ३ दिन बिदा दिने निर्णय गरेको छ ।

गूगलले विश्वभरीमा फैलिएका आफ्ना कर्मचारीलाई सातामा केवल ४ दिन काम गर्नका लागि भनेको छ । अब गूगलमा कार्यरत सबै कर्मचारीलाई शुक्रबारदेखि आइतबारसम्म बिदा दिईएको छ । उनीहरुले सोमबारदेखि बिहीबारसम्म काम गर्नुपर्नेछ ।

यसका लागि कम्पनीले आफ्ना कर्मचाारीलाई एक परिपत्र पठाएको छ । जसमा भनिएको छ, ‘वर्क फ्रम होम’का कारण कर्मचारीको कामको घन्टा बढेको छ । जसका कारण कर्मचारीले दबाब महशुश गरेका छन् ।

कम्पनीले प्रत्येक विभागका टोली नेतालाई आफ्नो टोलीलाई सपोर्ट गर्नका लागि भनेको छ । नयाँ व्यवस्था अनुसार प्रत्येक कर्मचारी कामप्रति जिम्मेवार हुन आग्रह गरिनुका साथै समय सीमा पनि तय गरिएको छ ।

यदी कुनै कर्मचारीलाई उनीहरुको ‘विकली अफ’ मा काम गर्नु छ भने उनीहरुले सोमबार बिदा पाउनेछन् । गूगलले कर्मचारीलाई २०२१ को जूलाईसम्म घरैबाट काम गर्नका लागि भनिसकेको छ । त्यसपछि मात्रै कम्पनीले यो विषयमा विचार गर्नेछ । गूगलको ४ दिने वर्किङ प्लानको सोशल मीडियामा व्यापक प्रशंसा भइरहेको छ ।-आजतक

वि.सं.२०७७ भदौ २५ बिहीवार १३:०८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...