back
NMB ad

बजारमा यस्तो आउँदै यामाहाको नयाँ स्कुटर, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले केही दिनमै नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ। यामाहाले एफआई इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट ¥याली स्कुटर सार्वजनिक गर्ने भएको हो।

 

१२५ सीसीको रे जेडआरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ। उक्त स्कुटरमा ३० प्रतिशत धेरै पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता विशेषता रहेको जनाएको छ।

 

त्यसैगरी फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी पोजिसन लाइट, टफ लुकिङ हेडलाइट, स्टप एन्ड स्टार्ट सिष्टम, ब्रुस गार्ड र स्मार्ट मोटर जेनेरेटर जस्ता विशेषता समेत उपलब्ध छन्।

 

स्कुटरमा भएको बीएस–६ मापदण्ड सहित फ्युल इन्जेक्टेड, ब्लुकोर इन्जिन छ, जसले ६५०० आरपीएममा ८.२ पीएस पावर र ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ ।

 

यसबाट पहिलेको ११३ सीसीको स्कुटर भन्दा पावर आउटपुटमा ३० प्रतिशत र फ्युल इकोनोमीमा १६ प्रतिशतले वृद्धि भएको कम्पनीको दाबी छ। स्कुटरमा ५.२ लिटरको इन्धन ट्यांकी छ। दुईवटा रंगमा उक्त स्कुटर उपलब्ध हुनेछ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १४:०९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...