back
NMB ad

एकैदिन थपिए १४५४ जना कोरोनाका नयाँ संक्रमित: उपत्यकामा मात्रै ६९६, ९७२ जना डिस्चार्ज

Kumari bank ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार ९१९ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ७०१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई ९७२ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कुल ३६ हजार ६७२ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । हाल देशभर १४ हजार ९२५ सक्रिय सङ्क्रमित छन् भने क्वारेन्टिनमा ६ हजार ७८ जना छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप ५ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२२ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा संक्रमण

यसैविच काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार थप ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकोमा काठमाडौं जिल्लाका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जनघनत्व बढी भएको उपत्यकामा केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । आज देशभर १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १६:५८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...