कुश्मा । शुक्रवार राती १२ बजेदेखि लागू हुनेगरि पर्वतको कुश्मा बजार एक साताका लागि सिल हुनेभएको छ ।
समुदायमा कोरोना संक्रमण देखिएपछि कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा असोज ३ गतेसम्मका लागि सिल गर्ने निर्णय भएको हो ।
अत्यावश्यक काम बाहेक अन्य सबैजसो सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । सिल गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन भने संचालन हुने भएका छन् ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार २०:३८ मा प्रकाशित