back
NMB ad

फेरि आयो यस्तो निर्णय: असोज ५ गतेसम्म बजार बन्द गर्ने, पसल/व्यवसाय पनि खोल्न नपाइने

Kumari bank ad

काठमाडौं । असोज ५ गतेसम्म बजार बन्द हुने भएको छ ।

 

 

 

रुकुमपूर्वमा समुदाय स्तरमै कोरोना भाइरस पुष्टि भएपछि रुकुमकोट बजार १० दिनसम्म सिल गरिएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आकस्मिक बैठकले सिस्ने गाउँपालिका–५ र ६ अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट बजार १० दिनसम्म सिल गरिएको हो ।

कोरोना जोखिम बढेको भन्दै जिल्लाभरीमै निषेधाज्ञा जारी रहेको र थप रुकुमकोट बजारलाई शनिबार देखि असोज ५ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

सिल गरिएको रुकुमकोट बजारमा अत्यावश्यक सेवाको लागि मात्र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने छ भने अरू सबै व्यापार व्यवसाय एवं पसलहरू बन्द हुनेछन् ।

यस्तै अत्यावश्यक सेवाका सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, कार्यालयका कर्मचारीले प्रयोग गर्ने सावारी साधन र इजाजत प्राप्त सवारी साधन बाहेकका सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लागाइएको छ ।

निर्णयको अटेरी गरेमा संक्रमक रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

वि.सं.२०७७ भदौ २८ आइतवार २०:०५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...