केटीएमले नयाँ दुई बाइक सार्वजनिक गर्दै: कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा ड्यूक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक हुने भएको छ ।

 

 

 

केटीएमले सोमबार एकै दिन दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । ड्यूक २०० बीएस ६ र ड्यूक २५० दुबै मोडल बीएस ६ इन्जिन सहित नेपाली बजारमा भित्र्याएको हो । यो सँगै नेपालमा बीएस सिक्स मोटरसाइकल भित्र्याउने केटीएम पहिलो कम्पनी बनेको छ ।

ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएको छ जसले २९.६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्स रहेको यो बाइक नयाँ फिचर सहित नेपाली बजारमा प्रवेश पाएको छ ।

ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन युक्त छ जसले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९‍.३ एनएमको टर्क जेनेरेट गर्छ ।

फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क यी बाइको मुख्य बिशेषता रहेका छन् । मूल्य कम्पनिका अनुसार बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार तोकिएको छ भने २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेको छ ।

२०७७ भदौ २९ गते ०७:५८ मा प्रकाशित

You can share this post!

मेथानल मिश्रित स्यानिटाइजर त प्रयोग गर्नुभएको छैन ? ज्यान जोखिममा पर्न सक्छ

मेथानल मिश्रित स्यानिटाइजर त प्रयोग गर्नुभएको छैन ? ज्यान जोखिममा पर्न सक्छ

Related posts