काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
बैठकले देशभरिको निषेधाज्ञा हटाउने र धेरै भीडभाड हुने (स्कूल, कलेज, सिनेमा हल, पार्टी प्यालेस) बाहेक सबै सुचारु गर्नेबारे निर्णय गर्ने बुझिएको छ ।
त्यस्तै, आउने असोज १ गतेबाट लामो दूरीका यातायात र असोज १५ गतेबाट आन्तरिक हवाई उडानपनि सुचारु गर्नेबारे निर्णय गर्ने सम्भावना रहेको स्रोतको दाबी छ । आजमात्रै बसेको सिसिएमसीको बैठक यस्तो सुझाव दिएको छ ।
वि.सं.२०७७ भदौ २९ सोमवार १६:०० मा प्रकाशित