काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
सोमबार मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको हो। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय हुने बताइए पनि दुवै प्रस्ताव सम्बन्धित मन्त्रालयले नलगेको स्रोतले जनाएको छ ।
कुलमानको चार वर्षे कार्यकाल सोमबारदेखि नै सकिएको छ । बैठकले कोरोना महामारीका कारण खुम्चिएको जनजीवन थप सहज बनाउने निर्णय गर्ने सम्भावना छ।
वि.सं.२०७७ भदौ २९ सोमवार १८:५० मा प्रकाशित