back
NMB ad

उपत्यकाका यी पाँच स्थानहरुमा फ्लाई ओभर

Kumari bank ad

काठमाडौं । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ ।

 

 

थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ ।

थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्रस्तावित पाँच वटामध्ये थानकोटमा निर्माण गरिने फ्लाई ओभरको (डीपीआर) तयार भई ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए ।

त्यसैगरी, कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको उनले बतए । बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुने बताउँदै महानिर्देशक शर्माले बानेश्वर, त्रिपुरेश्वर र गौशालामा फ्लाई ओभरको सम्भाव्यता अध्ययनका लागि चीनसँग समझदारी पत्रमा हस्ताक्षर भई काम सुरु भएको जानकारी दिए ।

चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न हुने बताउँदै उहाँले यी फ्लाई ओभरको निर्माण चीन र जापान सरकारको ऋण सहयोगमा हुने स्पष्ट पारे ।

सडक विभागका अनुसार यसअघि चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर फ्लाई ओभर निर्माण गर्न सर्भे तथा डिजाइनका लागि परामर्शदाता चयनका लागि बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा रहेको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

वि.सं.२०७७ भदौ ३० मंगलवार ०७:०७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...