फेरि नेपालमा थपिए कोरोना १४५९ संक्रमित, कुल संक्रमित कति पुगे ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

 

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६ सय ३८ जनामा गरिएको परीक्षण्मा मंगलबार एक हजार चार सय ५९ जनामा संक्रमण देखिएको हो ।

आज देशभर १५ हजार सात सय ७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ६२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

२०७७ भदौ ३० गते १६:२८ मा प्रकाशित

You can share this post!

असोज २ गतेदेखि ३० गतेसम्म मलमास, के गर्ने ? के नगर्ने ?

असोज २ गतेदेखि ३० गतेसम्म मलमास, के गर्ने ? के नगर्ने ?

Related posts