back
NMB ad

कोरोना प्रभावः नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतसम्म झर्ने

Kumari bank ad

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

 

 

 

सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो।

पछिल्ला दुई वर्ष २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो। एडीबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार यस वर्ष दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहनेछ।

‘कोरोना भाइरस संक्रमणको प्रभावस्वरूप निर्यात, रेमिट्यान्स तथा पर्यटन क्षेत्र प्रभावित भएकाले नेपालको आर्थिक वृद्धिदर घट्ने देखिन्छ। नेपालको प्रमुख व्यापारिक साझेदार रहेको छिमेकी मुलुक भारतको अर्थतन्त्र खस्किएको अवस्थामा स्वाभाविक रूपमा असर पर्नेछ’, नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोबले भने, ‘यो आर्थिक वर्षमा आवधिक रूपमा जारी लकडाउनले आर्थिक क्रियाकलाप ठप्प हुँदै गएमा आर्थिक वृद्धिदर अझ खस्किन सक्छ।’

सरकारले असोजबाट सम्पूर्ण आर्थिक क्रियाकलाप खुकुलो पार्ने निर्णय गरिसकेको छ। तर कोरोना भाइरसको संक्रमण नियन्त्रण भई असोजपछि आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्कनेमा अनिश्चितता भने कायमै छ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने हालै आकलन गरेको थियो। दुई निकायले गरेका अनुमान सरकारको लक्ष्यभन्दा निकै कम हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

वि.सं.२०७७ भदौ ३१ बुधवार ०७:५० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...