back
NMB ad

गाउँपालिकामा प्रहरीबारे गुनासो तथा सुझाव पेटिका

Kumari bank ad

धादिङ । धादिङको गजुरी, बेनिघाट रोराङ र गल्छी गाउँपालिकामा कार्यरत प्रहरी कर्मचारीबारे नागरिकले लिखित गुनासो गर्न पाउने सहज व्यवस्था मिलाइएको छ ।

 

 

गजुरी गाउँपालिका, बेनिघाट रोराङ र गल्छी गाउँपालिकामा आजबाट गुनासो तथा सुझाव पेटिका राखिएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरी डल्लाकोटी र गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले आ-आफ्नो गाउँपालिका गुनासो पेटिकाको उद्घाटन गरे ।

 

३ वटै गाउँपालिकाको तर्फबाट सकेको सहयोग गर्ने बाचा पनि गरे । सो अबसरमा इलाका प्रहरी कार्यलय गजुरीका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्व राज खड्काले अब प्रहरी झन सतर्क हुनुपर्ने दिन आएको बताए । खड्काको अनुसार, गुनासो पेटिकामा परेका गुनासो र सुझाव प्रदेश प्रहरी हेटौंडाले हेर्नेछ ।

गुनासो पेटिका खोल्दा मेयर र स्थानीय तहमा जनप्रतिनिधिको उपस्थितिमा खोलिने र सिलबन्दी गरेर सिधै प्रदेश प्रहरीमा पठाइने भएकाले स्थानीयले इलाका का प्रहरीबारे निर्धक्क गुनासा र सुझाव दिन पनि खड्काले गरे ।

हाललाई यस्तो गुनासो पेटिका अन्य गाउँपालिका र नगरपालिकामा पनि राखिने छ । प्रदेश प्रहरीले १० वटै जिल्लामा यस्ता सुझाव पेटिका राख्ने र जनताका गुनासा सुन्ने नीति अनुसार आज गजुरी,बेनिघाट रोराङ गाउँपालिकामा राखिएको हो ।

प्रहरीका कामकाजलाई जनउत्तरदायी बनाउनका लागि यस्तो गुनासो पेटिका थालनी गरिएको बताइन्छ । धादिङको गजुरी,बेनिघाट रोराङ र गल्छी गाउँपालिकाको कार्यालयमा राखिएका गुनासो तथा सुझाव पेटिकामा प्रहरीबारे आफुलाइ लागेका कुरा अब स्थानीयले निर्धक्क लेखेर दिन सक्नेछन ।

उजुरी पेटिकामा सर्वसाधारणका गुनासो पर्ने र सो अनुसार रणनीति बनाउन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रहरीबारे र प्रहरी कार्यालयको विषयमा जनगुनासो भए गाउँपालिका भित्र गएर स्थानीयले उजुरी पेटिकामा गुनासो तथा सुझाव दिन सक्नेछन् । महिनामा एकपटक गुनासो पेटिका खोलिने जनाएको छ ।

तेस्तै नेपाल प्रहरीले नागरिकबाट पृष्ठपोषण प्राप्तिका लागि नागरिक सुनुवाइ कार्यक्रम, सुचना अधिकृतको व्यवस्था, सम्पर्क टेलिफोन नम्बर, प्रविधि प्रयोगलगायत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ।

स्थानीय निकायसँगको सहकार्य थप दरिलो बनाउँदै दिगो र दीर्घकालीन साझेदारीको संयन्त्र निर्माण, सर्वसाधारणको प्रहरीप्रतिको विश्वासमा अभिवृद्धि, प्रहरी सेवा सञ्चालनमा रहेका त्रुटि, कमीकमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यकताअनुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउने रहेको छ।

वि.सं.२०७७ असोज १ बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...